
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज सोमबार नेपालले यूएईसँग भिड्दै छ । यस सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो ।
नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा शुरु हुँनेछ । यस अघि भएको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।
नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।