images
images

जसपाले चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाही गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न पार्टीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको समितिले छानबिन गरेर गत मंसिर ४ गतेको निर्वाचनमा अन्तर्घात गर्ने ८० जनामाथि कारबाही गर्न सिफारिस गरेको हो ।

विभिन्न १४ जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्ने उजुरी आएपछि यो समितिबाट छानबिन भएको थियो।

पाँचथर, सुनसरी, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा गएर कार्यदलले छानबिनसमेत गरेको थियो।

कार्यदलले पार्टीका १ सय ५२ जनासँग चुनावका बेला उम्मेदवारलाई अन्तर्घात गरे वा नगरेकोबारे सोधपुछसमेत गरेको थियो।

तीमध्ये ८० जनाले पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको पाइएकोले कारबाही गर्न सिफारिस गरिएको जसपाले जनाएको छ ।