images

बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइसक्न सांसदहरुलाई आठ दलको निर्देशन

काठमाडौं । आठ दलीय गठबन्धनले संघीय तथा प्रदेश सभा सांसदहरूलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइसक्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको आठ दलीय कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो ।

बैठकले संघीय तथा प्रदेशसभा सांसदहरूलाई आ–आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय पनि गरेको छ । राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिईने बताइएको छ ।

राष्ट्रपति चुनावका लागि मौन अवधि रहेकोले आन्तरिक रूपमा सांसदहरूलाई प्रशिक्षण दिन लागिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । राष्ट्रपति चुनावमा राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् ।