images

राष्ट्रपतिमा भण्डारीको कार्यकाल सफल भएको एमाले अध्यक्ष ओलीको दावि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको कार्यकाल सफल भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए ।

राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको बताउँदै अध्यक्ष ओलीले उनको यसखालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूको लागि गर्वको विषय भएको बताए ।

अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए ।