काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो ।
नेपालको सानदार जितमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् । गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार पायो ।
खेलको २१ औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । गरिमाले २९ औं मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा २-० ले अघि रह्यो ।
खेलको ६४ औं मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३-० ले अघि रह्यो । ७५ औं मिनेटमा दिपाले ह्याट्रिक पूरा गर्दा नेपालको अग्रता ४-० को बन्यो । खेलको ८३ औं मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपाल ६-० ले विजयी भयो । दिपाको प्रहार पोस्टमा लागेर फर्किएको बल फिलिप्सलाई लाग्दै गोल भएको थियो । जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ ।
एफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार प्यालेस्टाइनसँग खेल्दैछ ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले घरेलु टोली प्यालेस्टाइनको सामना गर्नेछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
नेपाल प्यालेस्टाइनलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । प्यालेस्टाइन पनि जितबाट छनोटको यत्र गर्न चाहन्छ ।
समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । युएईले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ ।
दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ ।
छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।