images

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप पुरुष उम्मेदवारको नाम मनोनयन नगर्न आयोगले निर्देशन दिएको छ ।

राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिंग वा समूदायभन्दा फरक व्यक्ति हुनुपर्ने आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । शनिवार बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ ।