
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटमाथिको सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सुनुवाइ भएको थियो । सुनुवाइ सकिए पनि आदेश आउन भने बाँकी छ ।
प्रधानमन्त्री प्रचण्डले माओवादी युद्धका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिने भनेर दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर सर्वोच्चमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।