images

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश दिएको हो । गत सोमबार दाहालविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई फरक फरक रिट दायर गरेका थिए ।

निवेदकहरुले दाहालको २०७६ साल माघ १ गते काठमाडौको टुँडिखेलमा आयोजित एक कार्यक्रममा माओवादी द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजारको जिम्मेवारी आफूले लिने भन्ने अभिव्यक्तिलाई लिएर रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश दिएको हो ।

सर्वोच्चले दाहाललाई १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो ।