images

उपराष्ट्रपतिमा तीन जना उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा उपराष्ट्रपति उम्मेदवारमा सहमति हुन सकेन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकले जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

गठबन्धनको बैठकले गरेको निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले भने असहमति जनाएका छन्।

उपराष्ट्रपति उम्मेदवारमा सहमति हुन नसकेपछि तीन जना उम्मेदवार हुने देखिएको छ ।

जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । जनमत पार्टीबाट पनि उम्मेदवार रहनछ ।

गठबन्धनमा भएको पूर्वसहमतिअनुसार रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।