
काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।
शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
जसपाले राम सहाय यादव र प्रमिला कुमारी गरी महिला र पुरुष दुबै उम्मेदवार खडा गरेको छ ।