images

द्वन्द्वकालिन घटनामा सर्वोच्च अदालतमा मुद्दा हाल्नु शान्ति सम्झौता विपरित : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन् ।

शनिवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालिन न्यायको विषय अगाडी बढ्नुपर्ने बताएका हुन् ।

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने उल्लेख गरे । उपाध्यक्ष सापकोटाले द्धन्द्धकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरित भएको पनि दावी गरे ।

उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने उल्लेख गरे ।