images

नेपालको इतिहासलाई लुकाउन खोजियो : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन् ।

नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको बताए । उनले नेपालका पुर्खाहरु जति विद्वान अन्य कतै नरहेको दाबी गरे । ओलीले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताए ।

अध्यक्ष ओलीले नेपाल जस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको बताए ।