images

एएफसी यू-२० मा नेपालले आज नर्दन मारियानासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले नर्दन मारियानाको सामना गर्नेछ । नेपाल र नर्दन मारियानाबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल आज नर्दन मारियानालाई हराउँदै छनोटको दोस्रो चरणमा पुग्न चाहन्छ । छनोटमा नेपाल लगातार दोस्रो जित समेत निकाल्न चाहन्छ ।

समूह ‘बी’ मा रहेको नेपाल १ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो ।

नर्दन मारियाना पहिलो जितको खोजीमा रहेको छ । नर्दनलाई पहिलो खेलमा प्यालेस्टाइनले ३-१ ले हराएको थियो ।

यस समूहबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।