images

स्ववियु निर्वाचन : आज दाबी बिरोध, आज नै नामावली प्रकाशन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी बिरोधको कार्यक्रम छ ।

स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावली उपर दाबी बिरोधको कार्यक्रम तोकिएको त्रिविले जनाएको छ ।

यसैगरी, उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आइबार बेलुका ५ बजे नै नामावली प्रकाशन गर्ने, सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोमबार दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुनेछ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने त्रिविले जनाएको छ ।