images

राजनितिले देश बिगार्‍यो, एकान्तमा बसेर रुन्छु : अध्यक्ष लिङदेन

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फोहोरी राजनीतिले देश विगारेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

म्युजिक खबर म्युजिक अवार्डका लागि मनोनयनमा परेका उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले भने -‘देशको स्थिति देख्दा बेला बेला एकान्तमा रुने गरेको छु ।’ उनले आफ्नै जीवनकालमा केही गरेर मात्र मर्ने इच्छा पनि व्यक्त गरे ।

राजनीतिले टुटाएका मनहरुलाई कला क्षेत्रले जोडेको भन्दै अध्यक्ष लिङदेनले कलाकारहरुको प्रशंसा गरे । राज्यले गर्नुपर्ने काम कालाकारहरुले स्वस्फुर्तरुपमा गरेको अध्यक्ष लिङदेनले उल्लेख गरे ।

कार्यक्रममा साहित्य, कलासँग जोडिएका संचारकर्मी, साहित्यकार, कलाकारलाई सम्मान गरिएको थियो । साथै म्युजिक खबर म्युजिक अवार्डको फाइनल कार्यक्रममा सम्मान गरिने विभिन्न स्रष्टाहरुको पनि नाम घोषणा गरिएको थियो । म्यूजिक खबर दीर्घ साधना सम्मानबाट अग्रज गायिका तीर्थ कुमारी थापालाई सम्मान गरिने घोषणा भएको छ ।