images

स्ववियु निर्वाचन : अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ ।

निर्वाचन कार्यतालिका अनुसार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । शनिवार उम्मेदवारी दर्ता गरिएको थियो भने आइतवार दाबी विरोध भएको थियो ।

स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।

दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित भएको छैन। यसअघि २०७३ चैत १५ गते निर्वाचन भएको थियो ।

यसैबीच, स्ववियु निर्वाचन नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको हो ।