images

नेपालको कीर्तिमानी जित

काठमाडौं । टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गरेको छ ।

आफ्नो ३५औं खेलमा पीएनजीलाई ९ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो ।

नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो ।

उक्त जितसँगै नेपालले ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहिबार खेल्नेछ । यो खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।