
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउएका हुन् ।
रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।