images

संसदीय भूमिकामा महिलाको मूल्यांकन भएन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भुमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छिन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अवसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताइन् ।

उनले संसदमा कानुन निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन हुन नसकेको बताइन् । मन्त्री शर्माले संसदमा कोरम पुर्‍याउने सवालमा पनि महिलाहरूको उपस्थिति महत्वपूर्ण रहे पनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताइन् ।

उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरुको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरुले महिलाको मूल्यांकन गरी खोजमुलक पत्रकारिता गर्नुपर्ने बताइन् ।

मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरु असफल हुँदा समाज नै असफल हुने टिप्पणी गरिन् ।