images

विद्युतिय सवारी साधन प्रयोगको फाइदा मात्रै छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् । उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेको स्पष्ट पारे ।

विद्युतिय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उनले विद्युतिय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए ।

घिसिङले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने उल्लेख गरे ।