
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको दोस्रो डिभिजनको लिग हिरो आईलिगमा उत्कृष्ट गोलकिपर चुनिएका छन् ।
पन्जाब एफसीबाट आईलिग खेलेका किरण उत्कृष्ट गोलकिपर चुनिएका हुन् ।
किरण आबद्द पन्जाबले आईलिगको उपाधि जितेको थियो । टिमलाई उपाधि दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका किरण उत्कृष्ट गोलकिपर बनेका हुन् ।
लिगको उपाधिसँगै पन्जाब इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा भएको छ ।
किरण यस अघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए ।