images

प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् ।

पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्। सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायकलाई समर्थन गर्नाका साथै सहयोग गर्न पनि सबैलाई आग्रह गरेकी छिन् ।

यही फागुन २५ गते जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।