images

‘ए’ डिभिजन : एफसी खुमलटारको दोस्रो जित

काठमाडौं । एफसी खुमलटारले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले हराउँदै खुमलटारले दोस्रो जित निकालेको हो ।

खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले एक एक गोल गरे । खेलको २२ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।

हिमालयनका विश्वास श्रेष्ठले एक गोल फर्काए । ६५ औं मिनेटमा समिरले गोल गर्दा खुमलटार २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८० औं मिनेटमा हिमालयनका विश्वासले गोल गरेपनि खुमलटार २-१ ले विजयी भयो ।

खुमलटारले ४ खेलमा ६ अंक जोडेको छ । खुमलटार चौंथो स्थानमा उक्लिएको छ ।

हिमालयनको यो दोस्रो हार हो ।