images

‘ए’ डिभिजन लिग : थ्री स्टारको दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ ।

दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लबलाई १)० गोल अन्तरले हराउदै थ्री स्टारले जित निकालेको हो ।

थ्री स्टारको जितमा आदित्य शाक्यले निर्णायक गोल गरे । खेलको ८९ औं मिनेटमा अनिल महर्जनको कर्नरमा आदित्यले उत्कृष्ट गोल गरेका हुन् । ।

जारि प्रतियोगितामा थ्री स्टारको दोस्रो जित हो भने सातदोबाटोको यो पहिलो हार हो ।

सातदोबाटो ४ खेलमा ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।