images

पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पृथ्वी बहादुर शाहसहित ६ जनालाई थुनामा राख्न आदेश दिएको छ ।

ठगी र किर्तेसहित चारवटा मुद्दामा शाह शाहसहित ६ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।

अदालतले शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश गरेको छ।

शाह सहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये ६ जनालाई अदालतको आदेश अनुसार थुनामा पठाइएको सिआईबीले जनाएको छ । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सिआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध विरुद्ध अभियोगपत्र दायर गरेको थियो ।