images

माओवादी घटकको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित

काठमाडौं । माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित भएको छ।

छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको हो ।

सर्वोच्च अदालतले युद्धकालिन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन। सोही बारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरुको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए।

गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन।