images

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सको पहिलो जित

काठमाडौं । फ्रेन्ड्स क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार १० खेलाडीमा सिमित जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।

फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एक एक गोल गरे ।

जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए । यस जितसँगै पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ ।

जावलाखेलको यो पहिलो हार हो । जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ ।