images

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज र संकटा बराबरीमा

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र संकटा क्लब बराबरीमा रोकिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार चर्च ब्वाइजले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको इन्जुरी समयमा संकटाका मनिष डाँगी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार चर्चका गोलकिपर प्रिसोले बचाए ।

नवप्रवेशी चर्च ब्वाइजको यो पहिलो बराबरी हो । चर्चले अघिल्लो तीन खेलमा लगातार जित निकालेको थियो ।

चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटाले ४ खेलमा ५ अंक जोडेको छ ।