
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा.सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् ।
यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पदभार सम्हालेका थिए ।