images

उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार नमूना मतपत्र सार्वजनिक गरेको हो ।

जसमा संघ र प्रदेशको छुट्टाछुट्टै मतपत्र सार्वजनिक भएको छ ।

शुक्रबार हुने निर्वाचनका लागि तीन जना चुनावी मैदानमा रहेका छन् । गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका तर्फबाट ममता झा उम्मेदार रहेका छन् ।

मतपत्रमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवको समेत नाम समावेश गरिएको छ । यद्यपि यादवले आफ्नो उम्मेदवारी झिकेर जसपाकै यादवलाई समर्थन गरिसकेकी छिन् । तर दिएको समयभित्रै उम्मेदवारी नझिकेका कारण यादवको समेत नाम नमूना मतपत्रमा समावेश गरिएको आयोगले जनाएको छ ।