images

कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई मतदान गर्ने

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका यादवलाई मतदान गर्ने निर्णय गरेको बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले यादवलाई मतदान गर्न पार्टीबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ ।