
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतका आजका पहिलो खेल सुरु भएको छ ।
च्यासल मैदानमा जारि खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
आर्मी आज दोस्रो जितको खोजीमा रहेको छ । आर्मी ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
एपीएफ पनि दोस्रो जितको खोजीमा रहेको छ । एपीएफ ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।