images

शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतलनिवासले सच्याएको छ ।

यसअघि हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गरेर गालाको दुबै कोठी हटाइएको तस्बिर सार्वजनीक भएको थियो । तर सच्याएको नँया तस्बिरमा भने पौडेलको सबै हुलिया दुरुस्त देखिन्छ ।

यसअघि शीतल निवासले सार्वजनिक गरेको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई अनावश्यक रुपमा सम्पादन गरेको हटाइएको थियो भने छालाको रङ्गलाई पनि अनावश्यक सम्पादन गरिएको थियो ।

देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गर्ने काम भएको भन्दै आलोचना भएको थियो ।