
काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिग फुटबलमा एपीएफ क्लबले दोस्रो जित निकालेको छ ।
च्यासल मैदानमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।
खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् ।
जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।