images

उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले यसअघि फागुन २५ गते भएको राष्ट्रपति निर्वाचन पनि बहिष्कार गरेको थियो। राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन्।