images

‘ए’ डिभिजन लिग : मनाङको दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा बुधबार न्युरोड टिम एनआरटीलाई ३-१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो जित निकालेको हो ।

मनाङको जितमा रोशन राना मगर, सेदजामोल दाभ्लातजोनोभ र कोफी टिमोथी कुडोले एक एक गोल गरे ।

एनआरटीका अशोक थापाले एक गोल फर्काए ।

खेलको ३९ औं मिनेटमा रोशनले , ६९ औं मिनेटमा उज्वेकिस्तानका विंगर सेदजामोलले र खेलको ८७ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई ३(० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा एनआरटीका अशोकले गोल गरेपनि मनाङ ३-१ ले विजयी भयो । गौरवको पासमा अशोकले हेडमार्फत गोल गरे ।

जितसँगै मनाङले ४ खेलमा ८ अंक जोडेको छ । एनआरटीको यो तेस्रो हार हो । एनआरटीले ४ खेलमा १ अंक जोडेको छ ।