images

‘ए’ डिभिजन लिग : चौथो चरणको समिक्षा

काठमाडौं । मनाङ विरुद्धको‌ कम्व्याक, लगत्तै एपिएफ माथि जित। लाग्यो हिमालयन शेर्पा राम्रो गर्नेछ। तर त्यसपछि भने हिमालयन शेर्पा नाम अनुसार अटल रहन सकेन।

दुई नवप्रवेशी टोली चर्च बोइज र खुमलटारसँग क्रमशः हार्न पुग्यो। खुमलटारको लागि यो जित आवश्यक थियो। लगातारको खराब नतिजाले‌ धेरै हतोत्साहित नहुँदै ३ अंक जोडेर लय फर्कायो। पाएका अवसरलाई सदुपयोग नगर्नु शेर्पालाई महङ्गो बनिरहेको छ। मैदानमा कप्तान किशोर गिरिको नेतृत्वदायी भुमिकाको अभाव खड्किएको देखिन्छ।

खुमलटारलाई‌ हराएर चौथो चरणमा आउँदा थ्रीस्टारलाई डर थियो कन्सिस्टेन्सिको। तर छिमेकी राईभल सातदोबाटो माथिको जितले थ्रीस्टार आफु लयमै रहेकोमा ढुक्क छ। रेगुलर टाईमको एक मिनेटको समय बाँकि रहँदा आदित्य शाक्यको‌ गोलले थ्रिस्टारले ३ अंक सुनिश्चित गर्यो।

थ्रीस्टारको खेल वर्षाले भिजेको मैदानमा पनि लोभलाग्दो थियो। मेघराज केसी युवाहरुलाई भरोसा गर्छन्, उनको भरोसामा अनिल महर्जन र आदित्य खरो उत्रिए। अनिल सेटपिसमा घातक बल प्रदान गर्न माहिर छन्।

दुई तिव्र गतिका दुई विङ्गर अनिल र आदित्य बिचमा आर्किटेक्ट लकेन लिम्बु यि ३ नेपाली युवाहरुको समझदारी अति नै सुन्दर। अजयि मार्ट्सि जस्ता धुरन्धर स्ट्राइकर फर्ममा आउनु, गोलकिपर टाहा आत्मविश्वासी देखिनु सबै एकैपटक। थ्रिस्टारले अब सपना देख्न सक्छ।

मेघराज के मान्छन् भने टोली अँझै सेट भइसकेको छैन। तयारीको लागि समय कम थियो। उनका अनुसार थ्रीस्टारले अँझै राम्रो खेल्न सक्छ।

सातदोबाटो यसअघि अपराजित थियो। तर उसकै पुर्व प्रशिक्षक मेघराज केसीले नै अन्तत: यो यात्रामा ब्रेक लगाइदिए। यो हारले उसको उपाधि सपनामा एउटा धक्का अवस्य लाग्न सक्छ। हुनत यो सिजनको भर्खरै सुरुवात हो यद्यपि सातदोबाटोलाई गृहकार्य गर्नुपर्ने हुन्छ इभान मेरिच बिना टोलीलाई‌ ठुलो संकट आउन सक्छ। उनको चोट यदि ठूलो छ बने सातदोबाटो आउने खेलहरुमा अँझै संघर्ष गर्न सक्छ‌। किनकि उनि बिना ट्रान्जिसनल कन्ट्रोल सजिलै गुमेको छ‌।

बिजि सेडुअल र कम आरामको समयले थकित देखिएको सातदोबाटोलाई डुअल कभरअपमा पनि इभान‌ आफ्नो शारीरिक क्षमताको फाइदा दिन्छन्। यसैपनि सातदोबाटोले बर्षामा अरु भन्दा धेरै खेल्दा फिटनेस लेभल मेन्टेन गर्न उसलाई थप चुनौती बन्यो।

मनिष डाँगी पेनाल्टीमा गोल गर्नबाट चुकेपछि संकटाले लिगलिडर चर्च ब्वाईजसँग अंक बाँड्यो। ट्यालेन्टेड स्क्वाड हेर्दा संकटा बलियो देखिन्छ।लाग्छ यो टोली उपाधि दाबेदार सजिलै बन्न सक्छ। राम्रा विदेशी खेलाडी, नेपाली युवा र अनुभवी खेलाडीको‌ समिश्रण। तर संकटाको यस सिजन एउटै समस्या ठुलो बन्दैछ‌। त्यो हो गोल आइरहेको छैन।

संकटाको एउटा सट पनि अन टार्गेट थिएन। सल्यान खड्गीले सबै उपाय अपनाइरहेका छन् तर पुलिसलाई ३-० ले हराउँदा गोल गर्ने गणेश हमाल, असिस्ट दिने सुनिल श्रेष्ठ हरुलाई चर्च ब्वाईज विरुद्ध भने बेन्चमा राख्ने उनको निर्णय अलि आश्चर्यजनक थियो।

चर्चलाई धेरै चिन्ता छैन बराबरीले। गोलकिपर प्रिसोले उसलाई जोगाए। चर्चबोइज उनिप्रति आभारी छ। यदि यो खेल गुमाउथ्यो भने उसको शिर्ष स्थान धरापमा हुन सक्थ्यो। स्टार खेलाडी अन्जन विष्ट फर्किएका छन् यो चर्च ब्वाईजको लागि सुनमा सुगन्ध हो। भारतीय आइ लिगको ड्युटी सकेर उनले डिभिजन लिगको‌ पहिलो खेल खेले। प्रशिक्षक हुमागाईंसँग उनले काम गरिसकेको हुँदा उनलाई सेटअपमा भिज्न समस्या छैन तर नयाँ बनेको टिममा एडप्टेसनको‌ लागि समय लाग्छ।

फ्रेन्ड्सले अन्ततस् चौथो चरणमा आएर पहिलो जित निकाल्यो। विदेशी खेलाडीको आगमनमा बलियो देखिन्छ। तालमेल र समझदारी दिन प्रतिदिन अझ राम्रो मिलिरहेको छ।

कप्तान प्रकाश बुढाथोकी फर्ममा देखिए आवश्यकता छ केवल कन्सिस्टेन्सिको। जावलाखेलले सुरुवातका २ खेलमा देखाएको प्रभावले सबैलाई उत्साहित बनाएको थियो। समर्थकलाई पुरानो जायन्ट टिम फेरि उठेको महसुस भयो तर त्यसपछिका २ खेलले जावलाखेलको त्यो केवल हनिमुन पिरियड मात्र थियो भन्ने शंका उत्पन्न गराएको छ। उनिहरुमा अहिले सबैभन्दा कमि इनर्जीको देखिन्छ।

शारीरिक क्षमता खस्किँदै गएको छ। ८ पहेंलो र १ रातो कार्ड देखाइएको तनावग्रस्त खेलमा स्वयं कप्ताननै सेन्ट अफ हुन पुगे। यस टिमलाई ताजगिको खाँचो देखिन्छ फेरि उनिहरुमा उर्जा थप्नुपर्ने देखिन्छ। सबैलाई डर छ हिसुब थपलिया जस्ता ठुलो पोटेन्सियल देखाएका युवा स्ट्राइकर टिमको खराब नतिजाले गर्दा हतास भलर खेल बिगार्ने हुन् कि। जावलाखेलका फरवार्डमा खेलमा फर्किने राम्रा अवसरलाई खेर फाल्ने समस्या देखिन्छ। प्रशिक्षकले फाइनल थर्डमा उनिहरुको जिम्मेवारी प्रष्ट्यानु पर्छ।धेरै असमझदारी देखियो। एकले अर्कालाई हेरेर सहि पास नदिइ आफै अन्धाधुन्ध सट लिँएर जावलाखेलको डाउनफल रोकिदैन।

डिफेन्डिङ च्याम्पियन मछिन्द्रको पहिलो जित स्मरणीय रह्यो। यो हप्ता हामीले च्याम्पियन शैलीको‌ मछिन्द्र देख्यौँ। यसअघि रेलिगेसन जोनको मछिन्द्रलाई आफिज ओलावाले र युता सुजुकी यि दुईजनाको आगमन नै एकाएक उपाधि दाबेदार बनाउन काफि छ। सुजुकी मिडफिल्ड इन्जिन बनेका थिए भने आफिज गोलमेसिन‌। एकाएक मछिन्द्रले सबै समस्या हल गरेजस्तै देखियो।

पुलिसको नियति सबैभन्दा खराब देखिन्छ। कुनैबेला आक्रामक र उत्कृष्ट फुटबल खेल्छ भने एकैछिनमा खराब बन्छ। विशेषगरी डिफेन्स गर्न सकिरहेको छैन। सिजनको अन्तिमसम्ममा रेलिगेसनबाट उम्किन सक्छ सक्दैन अब यही हेर्न बाँकी छ।‌

सिजनको पहिलो विभागिय डर्विमा एपिएफले बाजि मार्यो। आर्मी १-० को झिनो अन्तरमा पराजित भयो। खेलमा दुवै टोलीले बराबरकै हैसियतको फुटबल खेले। तर एउटा मोमेन्टलाई एपिएफले‌ सदुपयोग गर्यो र फरक पार्यो। मणि लामाले एपिएफको‌लागि यो सिजन निर्णायक प्रदर्शन गरिरहेका छन्। आर्मीको डिफेन्स एकदमै सोलिड छ तर नपत्याउने किसिमका गोल कन्सिड गरिरहेको छ।

मनाङ र एनआरटी दुई ऐतिहासिक टोलीको भिडन्तमा यो पटक युवा खेलाडीको प्रदर्शनलाई नजिकबाट नियाल्ने धेरै थिए। जहाँ मनाङ मर्स्याङ्दी क्लबले अपेक्षा अनुसारको सिजनकै उत्कृष्ट खेल प्रदर्शन गर्यो। अहिलेसम्म प्रदर्शनको आधारमा सबै टोलीभन्दा प्रभावशाली खेल मनाङको रह्यो।

सिस्टम्याटिक फुटबल। जुन हेर्दा अन्य टोली भन्दा सुन्दर र नयाँपन देखिन्छ। भर्खर आएका स्ट्राइकर टिमोथिको मुभमेन्ट घातक छ‌। डियाग्ने खेलाडी मात्र होइन मेन्टर बनेका छन्।

सायिदजामोलको इम्प्याक्ट तिव्र हुँदैछ त्यसमाथि नेपाली युवा खेलाडीहरुको हन्गर, एक्साइटमेन्ट गजब छ‌। एनआरटीविरुद्ध पहिलो मिनेट देखिनै पोजेसनमा हाबि भएर खेलिरहेको मनाङ सिजनमा पहिलो पटक नम्बर ९ सहित खेल्दै थियो। पहिलो पटक ४-२-३-१ मा। एनआरटीले आक्रामकता देखायो तर मनाङको स्मुथ गेम प्लेले स्थितिलाई सम्हालेर राख्यो। र ३-१ को सहज जित दिलायो।