images

उपराष्ट्रपति निर्वाचनमा किरियापुत्रीले गरे मतदान

काठमाडौं । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा एक जना किरियापुत्रीले मतदान गरेका छन् ।

गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नम्बर ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा किरिया बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो पोखरा फर्कँदैछन् ।

उनले भने, ‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।’