images

गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो : रामसहायप्रसाद यादव

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका छन् ।

आज उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताए । उनले संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए ।

उनले नेपाललाई समतामुलक समृद्ध मुलुकको रूपमा विकसित गर्न आफ्नो भूमिका रहने बताए । यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे ।