images

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

काठमाडौं। उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ-१८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन्।

उनले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद जानकारी दिए। निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन।