images

मुलुकले विद्युत व्यापार गर्ने बेला भएको छैन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् ।

अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैँया प्रतियुनिटमा विद्युत विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुने समेत स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले भारतले आफ्नो बार्गेनिङ क्षमतामाथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले मुलुक भित्रै उद्युत खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरे पछि मात्रै यसको विक्रीको कुरा गर्न उपयुक्त हुने धारणा समेत व्यक्त गरे ।

ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाए ।

व्यवसायी दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने ओलीको चेतावनी थियो ।

अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको विरुद्धमा वकालत गर्नेहरुलाई नेपाली जनताले नछाडने र त्यसमा आफ्नो पार्टीको साथ रहने बताए ।