images

‘ए’ डिभिजन लिगमा दुइ खेल सुरु

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौँ चरणका खेल सुरु भएका छन्।

दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी बिच प्रतिष्पर्धा भइरहेको छ । जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै न्यूरोडको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ।

च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स र चार खेलबाट पाँच अंक जोडेको आर्मी आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँएका छन्।