images

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक आइतबार बिहान १०: ३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।