images

‘ए’ डिभिजन लिग : पुलिस र न्युरोडको बराबरी, पुलिसलाई पहिलो अंक

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार न्युरोड टिम एनआरटीसँग १-१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको छ ।

पुलिसले एक गोलको अग्रता उल्टाएर एनआरटीसँग बराबरी खेलेको हो । यस अघि पुलिसले लगातार चार खेलमा हार व्यहोरेको थियो ।

रोमान्चक खेलमा दुबै गोल दोस्रो हाफमा निस्किएको थियो ।

खेलको ६४ औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ७५ औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए । उनले खेलको ७५ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे ।

पहिलो अंक जोडेसँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ ।

एनआरटी ५ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।