images

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावको पक्षमा १७२ सांसदले मत दिएसँगै विश्वासको मत पाएका हुन् । उक्त प्रस्तावको विपक्षमा ८९ मत परेको छ । आज कुल २६२ सांसद उपस्थित भएकामा १ मत तटस्थमा परेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

१० पुसमा एमालेसँग गठबन्धन गरेर प्रचण्ड प्रधानमन्त्रीमा चयन भएका थिए । तर, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा उक्त गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको थियो । त्यसपछि सुरुमा प्रचण्डलाई समर्थन गरेका राप्रपा र नेकपा एमालेले समर्थन फिर्ता लिएका थिए । त्यसपछि प्रचण्डले विश्वसको मत लिएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा वा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।