images

सरकारमा जान गृहकार्य गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ ।

आज बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो । जसमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव धनश्याम भुसाल रहेका छन् ।

उक्त कार्यदलले पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने, केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्नेछ । 

सोमबार सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले गृहसहितको ठूला मन्त्रालयको दाबी गरिरहेको छ । 

गठबन्धनमा आवद्ध अन्य दलले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायत अन्य संवैधानिक पदहरुमा भागबण्डा भएका कारण आफूहरुले पनि रोजेको मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी रहेको छ ।