images

बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

काठमाडौं । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको हो ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत लिने कार्यसूची थियो ।

माओवादी संसदीय दलका नेता जमकटेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।