images

दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै सक्दैन : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन् ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने दाबी गरे ।

उनले संविधानको भाषा उत्पीडिन रही रहोस् भन्ने नभएपनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको बताएका छन् ।

सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको जिकिर गरे

सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे ।