images

बढ्दै कोरोना संक्रमित, एकै दिन १ सय ४२ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७९ को नमुना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण देखिएको हो।

पीसीआर विधिबाट ३८१ र एन्टिजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकामा १४२ जना संक्रमित भेटिएका हुन्। तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले जनाएको हो । तीमध्ये पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको फैलावट बढिरहेकाले स्वास्थ्य सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।