images

कानुन बनाएर दीर्घकालीन रुपमा मिटरब्याजको समस्या समाधान गरेरै छोड्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बालुवाटारमा आज मिटरब्याज पीडितसँगको छलफलको क्रममा उनले समस्याको समाधान जटिल रहेपनि समाधान गरेरै छोड्ने बताएका हुन् ।

‘अब ऐन बनाउने काम सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीन रुपमा नै यस समस्या समाधान गर्छु,’प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग भने ।

न्याय माग्दै मिटरब्याज पीडित आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई गुनासो सुनाएका थिए ।

आफूहरूको समस्या समाधानमा गम्भीर बनिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । उनीहरूले गाउँबाट उठिबास लाग्ने अवस्थाबाट बचाइदिन आग्रह गरे ।